Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

पर्सामा बाह्र लाख बराबरका पटाका नष्ट

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानबाट बरामद गरेका करिब बाह्र लाख रुपैयाँ बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

प्रहरीका अनुसार पर्साका विभिन्न क्षेत्रमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा अन्दाजी १२ लाख रुपैया बराबरका पटाका नियन्त्रणमा लिएका थिए । ती पटाकाहरूलाई स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले उक्त कारवाही सार्वजनिक सुरक्षाको दृष्टिले महत्वपूर्ण रहेको बताउँदै अवैध पटाकाको प्रयोग तथा बिक्री वितरणमा कडाइ गरिएको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...