Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पर्सामा बाह्र लाख बराबरका पटाका नष्ट

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानबाट बरामद गरेका करिब बाह्र लाख रुपैयाँ बराबरका वेवारिसे पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

प्रहरीका अनुसार पर्साका विभिन्न क्षेत्रमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा अन्दाजी १२ लाख रुपैया बराबरका पटाका नियन्त्रणमा लिएका थिए । ती पटाकाहरूलाई स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा शनिबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले उक्त कारवाही सार्वजनिक सुरक्षाको दृष्टिले महत्वपूर्ण रहेको बताउँदै अवैध पटाकाको प्रयोग तथा बिक्री वितरणमा कडाइ गरिएको जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...

मधेश प्रदेश : छ वर्षमा २८ हजार ८३ भवन निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ । यसमा...

सडक निर्माण नगरी नक्कली बिलबाट रकम हिनामिना गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा

वीरगंज । सडक निर्माण नै नगरी नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...