Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

हरि खेतानका क्याम्पस प्रमुख राय निलम्बित, रविन्द्र यादवलाई निमित्त प्रमुखको जिम्मेवारी

spot_img
spot_img

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख किशोरी रायलाई निलम्बन गरिएको छ। क्याम्पसका अध्यक्ष पि. पि. खेतानले रायलाई निलम्बित गर्दै क्याम्पसका उपप्राध्यापक रविन्द्र कुमार यादवलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएका हुन्।

क्याम्पस अध्यक्ष खेतानका अनुसार, क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पूर्व क्याम्पस प्रमुख रायले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आन्दोलनका साथ मागपत्र पेश गरेका थिए । सो मागपत्रमा उल्लेखित विषयहरूको छानबिनका लागि समिति गठन गर्नुपर्ने भएकाले रायलाई मिति २०८२ असोज २९ गतेदेखि निलम्बन गरिएको जनाइएको छ।

अध्यक्ष खेतानले भने “क्याम्पस प्रमुख पदमा कार्यरत रहँदा छानबिन कार्य प्रभावित हुन सक्ने भएकाले निजलाई निलम्बन गरिएको छ र उक्त अवधिमा क्याम्पस प्रमुखको कार्य गर्नको लागि रविन्द्र यादवलाई निमित्त क्याम्पस प्रमुख तोकिएको छ।”

सञ्चालक समितिको निर्णय र क्याम्पसको विधानको परिधिअनुसार काम गर्न अध्यक्ष खेतानले निर्देशन समेत दिएका छन् ।

याे निर्णयको जानकारी त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय, विश्वविद्यालय अनुदान आयोग, र हरि खेतान बहुमुखी क्याम्पसको प्रशासन शाखामा समेत पठाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...