Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजमा ७० वर्षीय भारतीय ६ किलो गाँजा सहित पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा मातहतका सशस्त्र प्रहरीकाे टोलीले अवैध लागुऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुधबार राति करिब १० बजेर २० मिनेटको समयमा वीरगंज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट चेकजाँचका क्रममा भारत, बिहार राज्यको पटना बस्ने ७० वर्षीय ब्रम्ह सहनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको पाँच जनाको टोलीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका सहनीलाई शंका लागेपछि चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनको झोलाभित्र प्लास्टिक र टेपले बेरिएको अवस्थामा लुकाइ–छिपाई ल्याइएको करिब ६ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई बरामद गाँजासहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने प्रक्रिया जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...