Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजमा ७० वर्षीय भारतीय ६ किलो गाँजा सहित पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्सा मातहतका सशस्त्र प्रहरीकाे टोलीले अवैध लागुऔषध गाँजा सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुधबार राति करिब १० बजेर २० मिनेटको समयमा वीरगंज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय पछाडिको मन्दिर क्षेत्रबाट चेकजाँचका क्रममा भारत, बिहार राज्यको पटना बस्ने ७० वर्षीय ब्रम्ह सहनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी वरिष्ठ हवल्दार तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको पाँच जनाको टोलीले वीरगंजबाट रक्सौलतर्फ पैदल जाँदै गरेका सहनीलाई शंका लागेपछि चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा उनको झोलाभित्र प्लास्टिक र टेपले बेरिएको अवस्थामा लुकाइ–छिपाई ल्याइएको करिब ६ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई बरामद गाँजासहित आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाउने प्रक्रिया जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...