Date
बिहि, भदौ ४, २०८३
Thu, August 20, 2026

वीरगञ्जमा ‘स्कुल आइडल सिजन–२’ का प्रतिभा सम्मानित

spot_img
spot_img

वीरगंज । संगीत क्षेत्रमा भविष्य खोज्दै गरेका प्रतिभाशाली युवा–युवतीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘वीरगञ्ज स्कुल आइडल सिजन–२’ का सहभागीहरूलाई विशेष सम्मान गरिएको छ।

वीरगञ्ज महानगरपालिका–२० का वडाअध्यक्ष रामकिशोर सिंह परागको पहलमा सम्पन्न कार्यक्रममा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाहरूलाई सम्मानसहित प्रोत्साहन प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष परागले कला र संगीतले समाजमा सकारात्मक ऊर्जा भर्न सक्ने उल्लेख गर्दै भने, “कला र संगीतले युवालाई कुलत र दुर्व्यसनबाट टाढा राख्न सक्छ, त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ।” उहाँले स्थानीय तहहरूले कलात्मक गतिविधिमा पर्याप्त लगानी नगरेको गुनासो पनि व्यक्त गर्नुभयो।

कार्यक्रमका संयोजक सद्धाम हुसैनले ‘वीरगञ्ज स्कुल आइडल’ मार्फत स्थानीय स्तरमा लुकेका प्रतिभालाई पहिचान र अवसर प्रदान गर्ने लक्ष्य राखिएको बताए। उहाँका अनुसार निकट भविष्यमा ‘वीरगञ्ज आइडल’ आयोजना गर्ने तयारी पनि भइरहेको छ।

नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले वीरगञ्जलाई केवल आर्थिक र व्यापारिक केन्द्रको रूपमा मात्र होइन, “कला र प्रतिभाको शहर”का रूपमा परिचित गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

त्यस्तै, कलाकार अशोक प्रधानले यस्ता प्रतियोगिताले संगीतप्रेमी युवालाई आत्मविश्वास र मंच प्रदान गर्ने बताए।

प्रतियोगिताका विजेता कोशीश लामाले ‘वीरगञ्ज स्कुल आइडल’ ले आफ्नो आत्मविश्वास बढाएको र गायनमै भविष्य निर्माण गर्ने प्रेरणा दिएको अनुभव बाँडे। तेस्रो स्थान हासिल गरेकी प्रियान्शी आर्यले पनि गायनलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्य शुभचिन्तकले गर्नुभएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालन

बारा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजकाे सहयोगमा स्थापना गरिएको स्वास्थ्य...

चकलेट दिएर फकाई ३ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या, दुई जना पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार...

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...