Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज महानगरलाई नेपाल औषधी उत्पादक संघको सहयोग — १० कम्प्युटर र ४ प्रिन्टर हस्तान्तरण

spot_img
spot_img

वीरगंज । हालैको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको वीरगंज महानगरपालिकाको कार्यालय पुनःसञ्चालन सहज बनाउन विभिन्न संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ ।

यसै क्रममा नेपाल औषधी उत्पादक संघ, वीरगंज इकाईले बुधबार वीरगंज महानगरपालिकालाई १० थान कम्प्युटर सेट (युपिएससहित) र ४ थान प्रिन्टर हस्तान्तरण गरेको छ । संघले उक्त सहयोग आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गरेको बताएको छ ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा महानगर भवनसहित फर्निचर, कागजात र सूचना–प्रविधिसम्बन्धी उपकरण जलेर नष्ट भएका थिए । सो घटनापछि महानगरको दैनिक प्रशासनिक कामकाज गम्भीर रूपमा प्रभावित भएको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले औषधी उत्पादक संघले असहज परिस्थितिमा पुर्याएको सहयोग पुनःसञ्चालनका लागि अत्यन्त उपयोगी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरको दैनिक काम सहज बनाउन यो सहयोग महत्वपूर्ण छ । संघप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि सहकार्य निरन्तर रहोस् भन्ने अपेक्षा राख्दछु ।”

संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले कठिन समयमा नगरको पुनःनिर्माणमा साथ दिन पाउनु गौरवको विषय भएको बताए । उहाँले भने, “नगरपालिकाको सम्पत्ति जल्नु भनेको नागरिककै सम्पत्ति नष्ट हुनु हो । यस्तो अवस्थामा सबै क्षेत्रका निकायले हातेमालो गर्न जरुरी छ । हाम्रो सानो सहयोगले महानगरलाई फेरि उठ्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यो कदम चालिएको हो ।”

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, संघका पदाधिकारी विनित लोहिया, विनय काब्रा, सर्वोत्तम गिरी र उमेश श्रेष्ठ लगायतको उपस्थिति थियो ।

यसअघि सूर्य नेपालले पनि कम्प्युटर, ल्यापटप र प्रिन्टर उपलब्ध गराएको थियो । औषधी उत्पादक संघको यो सहयोगले महानगरको सेवा पुनःसञ्चालन प्रयासमा थप गति दिने र उद्योग–महानगरबीचको साझेदारी सम्बन्ध अझ सुदृढ हुने विश्वास लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...