Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

पाँच दलको समर्थनमा लोसपाका जितेन्द्र सोनल मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

spot_img
spot_img

जनकपुरधाम । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जितेन्द्र प्रसाद सोनार (सोनल)लाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्नुभएको छ।

प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामबाट बुधबार जारी विज्ञप्तिअनुसार सोनललाई प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

विज्ञप्तिमा जनाइएअनुसार, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) गरी पाँच राजनीतिक दलको समर्थनसहित सोनारले बहुमतको दाबी पेश गर्नुभएको थियो।

यसअघि प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(२) बमोजिम बहुमत दाबी गर्न प्रदेश सभाका सदस्यहरूलाई असोज २९ गते दिउँसो ४ बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको थियो। उक्त आह्वानपछि सोनलले आवश्यक समर्थनका दस्तावेजहरू सहित दाबी पेश गरेपछि उनलाई औपचारिक रूपमा मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो।

प्रदेश प्रमुख भण्डारीले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ। मुख्यमन्त्री पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई छ र कार्यकालको सफलताको कामना गर्दछु।”

नयाँ मुख्यमन्त्री सोनार बारा जिल्लाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनले अब संविधानको व्यवस्था अनुसार शपथग्रहण गरेर सरकार गठन प्रक्रिया अघि बढाउनेछन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...