Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

४ लाख ३४ हजार हुण्डीकाे रकमसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको हुण्डीकाे रकमसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब १२ बजे वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा एक जना संकास्पद व्यक्तिलाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन् । प्रहरीले यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रूपैयाँ ५०० दरका ८६८ थान नोट, जम्मा ४ लाख ३४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

उक्त रकमको श्रोत खुल्न नसकेपछि यादवमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रवक्ता लम्सालका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...