Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

४ लाख ३४ हजार हुण्डीकाे रकमसहित एक युवक पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको हुण्डीकाे रकमसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा आइतबार दिउँसो करिब १२ बजे वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित नबिल बैंक अगाडिको सडक खण्डमा एक जना संकास्पद व्यक्तिलाई जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ बस्ने १९ वर्षीय किशन यादव रहेका छन् । प्रहरीले यादवले लगाएको सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रूपैयाँ ५०० दरका ८६८ थान नोट, जम्मा ४ लाख ३४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

उक्त रकमको श्रोत खुल्न नसकेपछि यादवमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबार सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रवक्ता लम्सालका अनुसार पक्राउ परेकालाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...