Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाखभन्दा बढीलाई खोप दिने लक्ष्य

spot_img
spot_img

वीरगंज । डेढ महिनाअघि फैलिएको हैजाको महामारी नियन्त्रणका लागि पर्सा जिल्लामा आइतबारदेखि हैजाविरुद्धको खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ ।

अभियानको शुभारम्भ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीलाई खोप खुवाएर गरिएको हो । स्वास्थ्य कार्यालय पर्साको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रजिअ सुबेदीले स्वास्थ्यकर्मीको हातबाट खोप लिएर अभियानको सुरुवात गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट लगायत अधिकारीहरूले पनि खोप सेवन गरे ।

गत भदौ ६ गते वीरगंजमा पहिलोपटक तीन जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । त्यसयता असोज २३ गतेसम्म वीरगंजका विभिन्न अस्पतालमा एक हजार ५ सय ६७ जना झाडापखाला तथा हैजाका बिरामी उपचारार्थ पुगेका थिए, जसमा २४५ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, हाल हैजाको संक्रमण पुष्टि भएका बिरामी अस्पतालमा नरहे पनि दैनिक चार–पाँच जना झाडापखालाका बिरामी उपचारका लागि आइरहेका छन् ।

संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएकाले फेरि हैजा फैलिन नदिने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो । विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि सुरु गरेको यो खोप अभियान कात्तिक २ गतेसम्म चल्नेछ ।

अभियान अन्तर्गत पर्साका सबै १४ वटै पालिकामा गरी १ वर्षमाथिका ६ लाख ५४ हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ । यसका लागि पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, विद्यालय, मन्दिर, मस्जिद, चर्च, बसपार्क, उद्योग–कलकारखाना, नेपाल–भारत सीमा नाकालगायत स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिएको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

त्यस्तै, पर्साको छिमेकी जिल्ला बारामा सोमबारदेखि हैजाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानमा सहभागी विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायका अनुसार बाराका ६ वटा पालिकामा (कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर) पनि खोप अभियान सञ्चालन हुनेछ ।

डा. उपाध्यायका अनुसार, यो अभियान हैजा प्रभावित र जोखिमयुक्त समुदायलाई संक्रमणबाट जोगाउने तथा रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि सञ्चालन गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको...

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...