Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

माधव नारायण नगरपालिकाका तीन अधिकारीसहित कम्पनी उपर भ्रष्टाचारको आरोपपत्र दायर

spot_img
spot_img

वीरगंज । रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव, र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रा.लि. का सञ्चालक अजित कुमार कर्णसहित तीन जना उपर गैरकानूनी लाभ उठाई नगरपालिकालाई हानी पुर्‍याएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, उक्त अधिकारीहरूले आ.व. २०७७/७८ अन्तर्गत देवी माध्यमिक विद्यालय, सखुअर्वा (माधव नारायण–३) मा निर्माण कार्यका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद ऐन अनुसार सूचना प्रकाशन नगरी आन्तरिक रूपमा मात्र सूचना जारी गरेको पाइएको हो ।

आरोपपत्रका अनुसार, उनीहरूले ठेक्का नं. MNM/Works/2/077/078 को बोलपत्र आह्वान र आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन नगरी झुट्टा पत्रिका तयार गरी अभिलेखमा राखेका थिए । साथै, उक्त झुट्टा सूचना पत्रिकाका आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सीलाई  २ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी गरिएको प्रमाणित भएको आयोगले जनाएको छ ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, सो कार्य नगरपालिकाका कर्मचारी र विज्ञापन कम्पनीबीचको आपसी मिलेमतो र बदनियतपूर्ण योजनाअन्तर्गत गरिएको पुष्टि भएपछि उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...