Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जेनजी शहीदको सम्झनामा रास्वापा पर्साद्वारा श्रदाञ्जली सभा

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) पर्साले जेन्जी शहीदहरुको सम्झनामा बिहीवार साँझ वीरगंजकाे घण्टाघरमा श्रदाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरुले मैनबती बाल्दै मौनधारण गरेका थिए।

रास्वापा पर्सा सभापति हरी पन्तले गत भाद्र २३ र २४ गते जेन्जी पुस्ताका युवाहरुले ४८ घण्टाभित्र गरेको राजनीतिक हस्तक्षेपमा तत्कालीन सरकारले गरेको निर्मम दमनमा वीर युवाहरु सहिद भएको एक महिनाभन्दा बढी भइसकेको बताए। उनले शहीदहरुको सम्झनामा आजको सभा आयोजना गरिएको जानकारी दिएका छन्।

सभापति पन्तले ती निर्दोष युवाहरुको हत्यामा संलग्नलाई तत्काल कारबाही गरी शहीदहरुको सम्मान गर्न सरकारसँग माग गरेका छन्।

श्रदाञ्जली सभामा रास्वपाका केन्द्रिय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जितेन्द्र मिश्रा, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मी लगायतका नेताहरु उपस्थित थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...