Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सा र बारामा हैजाविरुद्धको खोप दिइने

spot_img
spot_img

काठमाडौँ । पर्सा र बारामा हैजा रोकथामको लागि खोप अभियान सञ्चालन हुने भएको छ । यस अभियानको आयोजना स्थानीय हैजाका महामारी र हालैको वर्षापछि आएको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखेर गरिएको हो।

गत भाद्र ६ मा पर्साको वीरगंज–१२ मुरली टोलबाट सुरु भएको हैजाका कारण हालसम्म पर्सा र बारामा १,६८५ जना बिरामी भएका छन्। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो कि “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” असोज–कात्तिक महिनामा सञ्चालन हुनेछ।

पर्सामा अभियान असोज २६ गतेदेखि, र बारामा असोज २९ गतेदेखि सुरु भएर तिहारअघि सम्पन्न गरिने छ। स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले यसका लागि १० लाख १८ हजार १०० मात्रा खोप पर्सा र बारामा उपलब्ध गराउने तयारी गरेको छ।

एक वर्षभन्दा माथि उमेर समूहका सबै व्यक्तिलाई मुखबाट दिने सुरक्षित प्रतिकार्य खोप उपलब्ध गराइनेछ। गर्भवती महिला र स्तनपान गरिरहेकी महिलालाइ पनि यो खोप दिइने जनाइएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...

वीरगंजको मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न महानगरको माग

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको...

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...