Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

ओली र प्रचण्डको सुरक्षामा कटौती, मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता

spot_img
spot_img

काठमाडौँ । सरकारले मापदण्डभन्दा बढी सुरक्षाकर्मी प्रयोग गर्दै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सुरक्षामा कटौती गरेको छ ।

गृह मन्त्रालयका उच्च स्रोतका अनुसार, ओलीको सुरक्षार्थ खटिएका २८ जना र दाहालको सुरक्षार्थ खटिएका ३४ जना सुरक्षाकर्मी बिहीबारदेखि फिर्ता बोलाइएका छन् । प्रचण्डको सुरक्षामा हालसम्म ५२ जना सुरक्षाकर्मी खटिएका थिए ।

मन्त्रालयले यो निर्णय “विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि” अनुसार गरेको जनाएको छ । सो कार्यविधिमा पूर्वप्रधानमन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सुरक्षाका लागि निश्चित मापदण्ड तोकिएको भए पनि ओली र दाहाल दुबैको सुरक्षामा सोभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको पाइएको थियो ।

गृह मन्त्रालयका अनुसार, सुरक्षामा गरिएको यो कटौतीले सुरक्षा निकायभित्र अनुशासन, पारदर्शिता र समान मापदण्डको कार्यान्वयन सुदृढ गर्ने सन्देश दिने उद्देश्य राखिएको छ ।

तर एमाले र माओवादी केन्द्रका नेताहरूले भने यस कदमलाई राजनीतिक उद्देश्यप्रेरित निर्णयको रूपमा व्याख्या गर्न थालेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...