Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

spot_img
spot_img

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। दुवै देशका गृहमन्त्रीले क्षेत्रीय शान्ति, सुरक्षा, प्रगति र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले दुई देशबीचको आपसी सहकार्यलाई थप मजबुत बनाउने विषयमा फलदायी छलफल भएको उल्लेख गरेका छन्।

शाहले नेपाल र भारतबीचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै क्षेत्रीय शान्ति, प्रगति र समृद्धिमा योगदान पुर्‍याउने विषयमा दुवै पक्षबीच सहमति भएको जनाएका छन्।

बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गृहमन्त्री गुरुङ नयाँ दिल्ली पुगेका हुन्। बिमस्टेक अर्थात् बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले स्थापित संगठन हो।

भेटवार्ताका क्रममा सीमा व्यवस्थापन, सूचना आदानप्रदान, सीमापार अपराध नियन्त्रण तथा क्षेत्रीय सुरक्षा सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ।

नेपाल र भारतबीच सुरक्षा तथा सीमा व्यवस्थापनका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयलाई यस भेटवार्ताले प्राथमिकता दिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

लैङ्गिक हिंसापीडितलाई न्यायका लागि आर्थिक सहयोग आवश्यक

वीरगंज । पर्सामा लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकाको न्यायमा पहुँच सुनिश्चित गर्न आर्थिक सहयोगको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दिब्य विकास स्रोत केन्द्र (डीडीआरसी),...

पर्सा ३ मा शंकर पोखरेलको प्रमुख आतिथ्यतामा हुने एमालेको शुभकामना कार्यक्रम स्थगित

वीरगंज । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३, पर्साले विजया दशमीको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ । एमाले...