Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

राप्ती स्वास्थ्य प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

spot_img
spot_img

वीरगंज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारी, तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनाविरुद्ध गैरकानूनी लाभ उठाई संस्थालाई हानी पु-याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

विशेष अदालतमा दायर गरिएको आरोपपत्रअनुसार, उनीहरूलाई प्रतिष्ठानका नाममा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता, बदनियतपूर्ण कार्य र सार्वजनिक खरिद ऐन तथा नियमावलीको उल्लङ्घन गरेको आरोप लागेको हो।

अनुसन्धानका क्रममा तत्कालीन उपकुलपति भण्डारीले खरिद आवश्यकताको पहिचान र गुरुयोजना नबनाई, निश्चित कम्पनीलाई फाइदा पुग्ने गरी प्राविधिक स्पेसिफिकेशन तयार गराएको, र एकै परिवारद्वारा सञ्चालित कम्पनीहरूबाट दररेट माग गरी लागत अनुमान तयार गरेको देखिएको आयोगले जनाएको छ।

त्यसैगरी, स्वीकृत प्रक्रिया बिना नै गोरखापत्रमा राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिएको, अन्तर्राष्ट्रिय बोलपत्रका लागि प्रयोग हुने कागजात प्रयोग गरिएको, र लुम्बनी हेल्थ केयर प्रालिले पेश गरेको प्रस्ताव बमोजिम प्राविधिक स्पेसिफिकेशन संशोधन गरी खरिद प्रक्रिया अघि बढाइएको तथ्यसमेत उजागर भएको छ।

अनियमित मूल्याङ्कनका कारण सिपियु स्पेसिफिकेशनमा ९० प्रतिशतभन्दा बढी कार्यक्षमता घटाइएर पनि ‘Minor Deviation’ भन्दै स्वीकृत गरिएको बताइएको छ । सोही आधारमा ११ करोड ४५ लाख रुपैया लागतको प्रस्तावलाई सारभूत रुपमा न्यूनतम र प्रभावकारी ठहर गरी आशयपत्र प्रकाशन गरिएको थियो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, आरोपितहरूले गैरकानूनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्‍याएको ठहर गरी भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...