Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

हरि खेतान क्याम्पसमा प्रशासन–शिक्षक विवादले कक्षा अवरुद्ध, विद्यार्थी धर्नामा

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पसमा प्रशासन र शिक्षक–कर्मचारीबीच विवादका कारण कक्षा सञ्चालन प्रभावित भएको छ । बुधबार बिहान विद्यार्थीहरूले क्याम्पसको मुख्य गेटमा धर्ना दिएका थिए ।

कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरूले नियमित पठनपाठन सुचारु गर्न प्रशासनसँग माग राखेका हुन् । विद्यार्थीहरूले क्याम्पस प्रमुख किशोरी राय यादव, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीचको विवादका कारण साउन महिनादेखि कक्षा बन्द भएको गुनासो गरेका छन्।

विद्यार्थी शिवशङ्कर प्रसाद कुशवाहले वार्षिक शैक्षिक क्यालेन्डर बनाएर नियमित कक्षा सञ्चालन गर्नुपर्ने माग राखे भने कक्षा १२ की रिया कर्णले परीक्षा नजिकिँदासमेत पठनपाठन अवरुद्ध भएको बताइन । विद्यार्थी रामप्रकाश साहले टाढाबाट आउने विद्यार्थीका लागि बस सुविधा नहुनु र क्याम्पसको खातामा रहेको ९ करोडभन्दा बढी रकम सदुपयोग नभएको पनि प्रश्न गरे।

यसैबीच शिक्षक र कर्मचारीहरूले पनि क्याम्पस प्रशासनविरुद्ध अनिश्चितकालीन तालाबन्दी सुरु गरेका छन् । कर्मचारी युनियनका अध्यक्ष विनोद यादवका अनुसार शिक्षक र कर्मचारीहरूले विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधाको माग गर्दै संघर्ष गरिरहेको भए पनि क्याम्पस प्रमुखको व्यवहारले समस्या समाधान हुन सकेको छैन।

क्याम्पस प्रमुख किशोरी राय यादवले व्यवस्थापन समितिको असहयोगका कारण समस्या बढेको दाबी गर्दै आफूमाथि लगाइएका आरोपहरू निराधार भएको बताएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले धर्नास्थलमै पुगेर विद्यार्थीहरूसँग संवाद गर्दै दुई दिनभित्र विवाद समाधान गर्ने आश्वासन दिएका छन्।

हरि खेतान बहुमुखी क्याम्पस वीरगंजको प्रमुख शैक्षिक संस्थामध्ये एक भएकोले कक्षा अवरुद्धले हजारौं विद्यार्थीको पठनपाठन र परीक्षा तयारीमा गम्भीर असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...