Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

वीरगंजमा विद्यार्थी र प्रहरीबीच ई–गभर्नेन्स विषयक अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । मधेश विश्वविद्यालय, वीरगंजका कानून तथा जनप्रशासन संकायका दोस्रो सेमेस्टरका विद्यार्थीहरूलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा विशेष प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले “E-Governance र Digital Transformation” विषयमा विस्तृत प्रस्तुति दिएका थिए । उनले सूचना प्रविधिको युगमा सुशासन, पारदर्शिता, सेवा प्रवाह र प्रशासनिक दक्षता अभिवृद्धिमा डिजिटल प्रणालीको भूमिकाबारे प्रकाश पारे । प्रहरी प्रशासनमा डिजिटल प्रविधिको प्रयोगले ल्याएको परिवर्तनका अनुभव पनि उनले विद्यार्थीहरूसँग साझा गरे ।

पाठकले इ–गभर्नेन्सका मुख्य आधारहरू — सूचना प्रवाहको सरलता, नागरिकमैत्री सेवा, अनलाइन प्रणालीको प्रभावकारिता र प्रशासनिक जवाफदेहिता — बारे व्यावहारिक उदाहरणसहित व्याख्या गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रशासनिक सुधार, डिजिटल सेवा विस्तार, साइबर सुरक्षा र सार्वजनिक प्रशासनमा प्रविधिको प्रभावबारे प्रश्न राख्दै जिज्ञासा व्यक्त गरेका थिए ।

सो अवसरमा प्रहरी नायब उपरीक्षक किशोर लम्सालको समेत उपस्थिति रहेको थियो । कार्यक्रमपछि विद्यार्थीहरूले जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखा — अपराध अनुसन्धान शाखा, ट्राफिक शाखा र नागरिक सहायता डेस्क — को अवलोकन गरे ।

विद्यार्थीहरूले यस प्रशिक्षणबाट प्रशासनिक प्रणालीको व्यावहारिक ज्ञान, प्रहरी प्रशासनको कार्यशैली र प्रविधिमुखी सेवा व्यवस्थापनबारे नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीबारे छलफल गर्न आजपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । आम जनता पार्टी (आजपा)ले आगामी आन्दोलनको घोषणा तथा तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । पार्टी प्रवक्ता सुभाष साहका...

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...