Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026

मधेशमा नयाँ सरकारका लागि तीन दलको दाबी पेस, कांग्रेसका कृष्णा यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव

spot_img
spot_img

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्त रूपमा दाबी पेस गरेका छन् ।

बुधबार ती दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाएका हुन् ।

दाबीपत्रमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । उनीसहितको गठबन्धनसँग नेकपा (एमाले) का २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेश सभा सदस्यको समर्थन रहेको उल्लेख गरिएको छ ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्ने भएकाले गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी गरिएको छ ।

प्रदेश प्रमुखलाई बुझाइएको पत्रमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर रहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...