Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजकाे एक होटलमा दुई भारतीय नागरिककाे शव फेला

spot_img
spot_img

वीरगंज । वीरगंजकाे बसपार्क भानुचोकस्थित शाह प्याराडाइस होटलमा दुई भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। होटलको पहिलो तल्लाको कोठा नम्बर १११ मा फेला परेका मृतकहरू भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी र उनका २४ वर्षीय छोरा सागर आचारजी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।

प्रहरीका अनुसार मृतक बुवा–छोराले असोज १९ गते बिहान ४ बजे होटलमा कोठा लिएका थिए । मंगलबार साँझसम्म कोठाको ढोका नखुलेपछि र बारम्बार सम्पर्क प्रयास असफल भएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालका अनुसार प्रहरी टोलीले छेउको कोठाको भेन्टिलेटर च्यातेर अवलोकन गर्दा छोरा सागर पंखामा झुन्डिएको र बुवा सजल बेडमा पल्टिएको अवस्थामा देखिएका थिए ।

होटल स्रोतका अनुसार मृतकहरूले सोमबार दिउँसोसम्म नियमित रूपमा रुम सर्भिस र खाना मागेका थिए, तर साँझदेखि सम्पर्कविहीन बनेका थिए । मंगलबार बिहान सरसफाइका लागि पठाइएका कर्मचारीले पनि ढोका नखुलेपछि शंका बढ्दै गएको थियो ।

डिएसपी लम्सालले भने “मृतक भारतिय नागरिक भएकाले हामी भारतीय महावाणिज्य दूतावास वीरगंजलाई पनि खबर गरेका छाैं । बुधबार विहान होटलको ढोका फुटाईएर शव मुचुल्का उठाउने काम भइरहेको छ ।”

मंगलबार रातभर होटल परिसरमा प्रहरी टोली खटाइएकाे थियाे भने आज बुधबार विहान ढोका फुटाएर हेर्दा एक जनाले आत्महत्या गरेको देखिएपनि एक जनाको मृत्युको कारण  एकिन हुन नसकेको डिएसपी लम्सालले बताए ।

शवको पोस्टमार्टम र अन्य कानुनी प्रक्रिया भारतीय दूतावासको समन्वयमा अघि बढाइने उनले वताए । पोस्टमार्टमको रिपोर्ट आईसकेपछी मात्र थप कुरा खुल्ने प्रहरीको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...