Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

अफवाह होइन, तथ्य बुझौं : बालेन

spot_img
spot_img

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारमा आगलागी हुँदा महानगरको दमकल निष्क्रिय भएको वा आफूले आगो लगाएको भन्ने आरोप असत्य र भ्रामक भएको बताएका छन्।

फेसबुकमार्फत लामो स्पष्टीकरण सार्वजनिक गर्दै मेयर साहले भनेका छन्, “यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो? तीन दिनसम्म जलेको हेरेर बस्यो?” भन्ने प्रश्न र आरोपहरू बेबुनियाद छन्।
उनका अनुसार, गत भदौ २४ गते देशभर अराजक स्थिति सिर्जना भएको बेला पनि महानगरको टिमले निरन्तर उद्धार र आगो नियन्त्रण कार्यमा खटिन छोडेको थिएन।

साहले भनेका छन्, “त्यो दिन देशमा सरकार थिएन, तर स्थानीय सरकार — काठमाडौं महानगर — आफ्नो जिम्मेवारीबाट पछि हटेको थिएन। हाम्रो टिमले आगो निभाउनेदेखि घाइतेको उपचार, खाना र औषधि व्यवस्थापन, लास व्यवस्थापनसम्मका काममा दिन–रात खटिएको थियो।”

उनका अनुसार आन्दोलनकारीको अवरोधका कारण सिंहदरबारतर्फ दमकल तत्काल पुग्न सकेको थिएन। “भिड शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको थियो,” उनले लेखेका छन्।

साहका अनुसार, काठमाडौं महानगरसँग हाल न्युरोड, बालाजु र रामहिटी गरी पाँच वटा दमकल सञ्चालनमा छन्, जसमा ४४ जना कर्मचारी तीन सिफ्टमा काम गर्छन्। आन्दोलनको क्रममा २३ देखि २८ गतेसम्म महानगरका दमकलहरूले सिंहदरबार मात्र होइन, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, विभिन्न बैंक र व्यापारीक क्षेत्रलगायत ५० भन्दा बढी स्थानमा आगो निभाएको विवरण पनि उनले सार्वजनिक गरेका छन्।

त्यससँगै, महानगरले स्वास्थ्यकर्मी, औषधि, रगत, खाना तथा आवास व्यवस्थापनमा समेत अग्रसर भूमिका खेलेको उनले बताएका छन्। “उपचारको लागि अभिभावक नभएका बिरामीहरूको अभिभावक हाम्रो टिम बनेको थियो,” साहले लेखेका छन्।

अन्त्यमा, मेयर साहले जनतालाई अफवाहमा नपर्न आग्रह गर्दै भनेका छन्, “सत्य बुझौं, अफवाह फैलाउने काम नगरी सुरक्षित र मानवताप्रधान समाज बनाऔँ। देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ, हल्ला र झूटको होइन।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...