Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

इरानमा हुने एसियाली जुर्खानी च्याम्पियनसिपमा वीरगंजका सुजितको सहभागिता

spot_img
spot_img

वीरगंज । इरानको उर्मिया शहरमा अक्टोबर ८ देखि ११ तारिखसम्म आयोजना हुने ७औं एसियाली जुर्खानी कुश्ती पहलवानी च्याम्पियनसिपमा वीरगंजका सुजित यादव सहभागी हुने भएका छन्।

वीरगंज–१७ निवासी ७० किलोग्राम तौल समूहका पहलवान यादवले नेपालबाट प्रतिनिधित्व गर्दै उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछन् । उनले कुश्ती जुर्खानी खेलको प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च राख्ने लक्ष्य राखेका छन्।

उक्त प्रतियोगिता एसिया भरिका जुर्खानी पहलवानहरूको साझा मञ्च हो, जहाँ शारीरिक बल, अनुशासन र सांस्कृतिक सम्पदाको समन्वय प्रस्तुत गरिन्छ।

नेपाल जुर्खानी फेडेरेसन तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा यादवको सहभागिता सुनिश्चित गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...