Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रौतहटको कटहरियामा चट्याङ लागेर दुई किशोरको मृत्यु

spot_img
spot_img

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको ज्यान गएको छ।

अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २ हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले दुवै जनाको मृत्यु भएको पुष्टि गरेका छन्। इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलका अनुसार, मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।

प्रहरीले घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...