Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

उच्च सतर्कता अपनाउन वीरगंज महानगरको आग्रह, सार्वजनिक गर्यो आपतकालीन नम्बर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले निरन्तर भइरहेको भारी वर्षाका कारण उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान विभागको सूचना अनुसार अझै केही दिनसम्म भारी वर्षा हुने सम्भावना कायमै रहेकाले बाढी र डुबानको जोखिम बढ्न सक्ने महानगरले जनाएको छ।

महानगरका अनुसार भेडाहा खोला, तिलावे नदी र सिर्सिया नदीमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। यसबाट आसपासका क्षेत्रहरूमा डुबानको जोखिम देखिएपछि नगर प्रहरी, विपद् व्यवस्थापन, स्वास्थ्य, विद्युत् र सरसफाइ शाखाका टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ।

सम्भावित विपद् र उद्धार कार्यका लागि निम्न जिम्मेवार व्यक्तिहरूका सम्पर्क नम्बर समेत महानगरले सार्वजनिक गरेको छ । जुन यश प्रकार छन् :
📞 आशिक मिया (नगर प्रहरी) – ९८०४२७७०५५
📞 विभा मिश्रा (विपद् व्यवस्थापन) – ९८४५०९५१२१
📞 सर्फुदिन मिया (पानी निकास) – ९८१६२८५००५
📞 राजिव उपाध्याय (विधुत व्यवस्थापन) – ९८४९०३५७१५
📞 राजु प्रसाद साह (स्वास्थ्य) – ९८४५३३१३८१

महानगरले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, नदी–नालाको किनारमा नजान, बालबालिका र वृद्धहरूको विशेष हेरचाह गर्न, तथा विद्युतीय उपकरणहरू सुरक्षित स्थानमा राख्न अनुरोध गरेको छ।

“सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्,” वीरगंज महानगरपालिकाले एक सूचना मार्फत सर्वसाधारणलाई आह्वान गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...