Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

आफुलाई कु-ख्यात प्रदर्शन गर्न वीरगंजमा युवकको हत्या, पक्राउ परेका पाँच जना सार्वजनिक

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१० गीता मन्दिर नजिक मंगलबार राति भएको युवकको हत्यामा सलंग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

मंगलबार राति करिब ११:३० बजे अपरिचित व्यक्तिहरूबीच कुटपिट हुँदा बारा परवानीपुर–९ घर भई हाल वीरगञ्ज–१० बस्ने २० वर्षीय शिवम साह कानु (गोल्डेन) गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति ११:४० बजे नारायणी अस्पताल ल्याइएको भए पनि उपचारकै क्रममा ११:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको कमाण्डमा प्रहरी निरीक्षक निरोज चौलागाईसहित ३२ जना सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक साहको समूह र प्रतिपक्षी युवाहरूबीच विगतदेखि नै विवाद हुँदै आएको र सोही रिसईवीको कारण उनलाई निशाना बनाई बाँसको लठ्ठी, हात–खुट्टा प्रयोग गरी कुटपिट गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस घटनामा संलग्न भएको आरोपमा वीरगंज–२४ रामगढवा बस्ने १९ बर्षिय गौतम पटेल, २० बर्षिय सुभांकर चौरसिया, २२ बर्षिय करण प्रसाद पटेल उर्फ अमिरी पटेल, २४ बर्षिय चन्दन चौरसिया र १९ बर्षिय अमन पटवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा घटनास्थलको CCTV फुटेज, भिडियो रेकर्ड तथा CDR विश्लेषणमार्फत आरोपितहरूको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपितहरुलाई वीरगंज र भारत सिमानानजिकको भिस्वा क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीले घटनाको कारण पुरानो रिस–आवेग, आफुलाई कु-ख्यात प्रदर्शन गर्ने (ग्याङ–स्टार) देखाउने प्रवृत्ति र व्यक्तिगत दुश्मनी रहेको निष्कर्ष निकालेको छ ।

प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतका अनुसार घटनामा थप व्यक्तिहरूको संलग्नता रहन सक्ने भएकाले अनुसन्धानलाई अझै गहिरो पारिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...