Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बार एशोसिएशनद्वारा न्यायाधीश भोलानाथको बेन्च बहिष्कारकाे घोषणा, कारवाहीको माग

spot_img
spot_img

कलैया । बारा जिल्ला अदालत बार एशोसिएशनले बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ ।

बार एशोसिएशनले मिति २०८२ असोज ५ गते सम्पत्ति शुद्धिकरण मुद्दा (थान २) र राजश्व छली मुद्दा (थान १) सहित ३ वटा मुद्दामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हालाई कानून विपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा रिहा गरिएको कार्यप्रति गम्भीर आपत्ति जनाउदै कारवाही माग गर्दै न्याय परिषद काठमाडौंमा निवेदन समेत दिएको छ ।

बार एशोसिएशनका अध्यक्ष उमेश प्रसाद जयसवालद्वारा हस्ताक्षरित निवेदनमा सो आदेश विचौलियासँगको सेटिङमा रकम लिने–दिने आधारमा भएको भनी विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

“माननीय न्यायाधीश ढकालज्यूको उक्त आदेशले न्यायपालिकाप्रति जनविश्वास, कानूनी शासन र निष्पक्षताको आधारमा गम्भीर असर परेको महसुस गरिएको छ । त्यसैले यस विषयमा न्याय परिषदमार्फत सूक्ष्म अनुसन्धान गरी संलग्न न्यायाधीश, कर्मचारी तथा बिचौलियामाथि कानूनी कारबाही हुनुपर्छ,” निवेदनमा उल्लेख छ ।

बार एशोसिएशनले ठोस निर्णय नआएसम्म न्यायाधीश ढकालको इजलास बहिष्कार गर्ने निर्णय भएको जनाएको छ ।

यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत र गृहमन्त्रालयलाई समेत जानकारी गराइएको एशोसिएशनले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...