Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

बार एशोसिएशनद्वारा न्यायाधीश भोलानाथको बेन्च बहिष्कारकाे घोषणा, कारवाहीको माग

spot_img
spot_img

कलैया । बारा जिल्ला अदालत बार एशोसिएशनले बारा जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ ।

बार एशोसिएशनले मिति २०८२ असोज ५ गते सम्पत्ति शुद्धिकरण मुद्दा (थान २) र राजश्व छली मुद्दा (थान १) सहित ३ वटा मुद्दामा फरार रहेका भारतीय नागरिक अशोक कुमार सिन्हालाई कानून विपरीत उनाउ व्यक्तिलाई हाजिर गराएको, धरौटीमा रिहा गरिएको कार्यप्रति गम्भीर आपत्ति जनाउदै कारवाही माग गर्दै न्याय परिषद काठमाडौंमा निवेदन समेत दिएको छ ।

बार एशोसिएशनका अध्यक्ष उमेश प्रसाद जयसवालद्वारा हस्ताक्षरित निवेदनमा सो आदेश विचौलियासँगको सेटिङमा रकम लिने–दिने आधारमा भएको भनी विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

“माननीय न्यायाधीश ढकालज्यूको उक्त आदेशले न्यायपालिकाप्रति जनविश्वास, कानूनी शासन र निष्पक्षताको आधारमा गम्भीर असर परेको महसुस गरिएको छ । त्यसैले यस विषयमा न्याय परिषदमार्फत सूक्ष्म अनुसन्धान गरी संलग्न न्यायाधीश, कर्मचारी तथा बिचौलियामाथि कानूनी कारबाही हुनुपर्छ,” निवेदनमा उल्लेख छ ।

बार एशोसिएशनले ठोस निर्णय नआएसम्म न्यायाधीश ढकालको इजलास बहिष्कार गर्ने निर्णय भएको जनाएको छ ।

यस सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सर्वोच्च अदालत र गृहमन्त्रालयलाई समेत जानकारी गराइएको एशोसिएशनले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार...

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ । विद्यालयमा गर्मीको समस्या...

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक...