Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

महानवमीमा कन्या पूजन गरी कुँवारी खुवाइयो

spot_img
spot_img

वीरगंज । महानवमीको अवसरमा पर्साका विभिन्न मन्दिर तथा धार्मिक स्थलहरूमा कन्या पूजन गरी कुँवारी खुवाइएको छ ।

महानवमीका दिन परम्पराअनुसार नवदुर्गाको प्रतीक मानिएका बालिकाहरूलाई पूजा–अर्चना गरी प्रसादस्वरूप भोजन गराउने प्रथा रहिआएको छ । देवीलाई खुशी पार्न कन्यालाई देवीको रूप मानिने विश्वासका साथ नवदुर्गा मन्दिर, छिपहरमाई मन्दिर, कालिकामाई मन्दिर लगायतका स्थानमा भक्तजनहरूले पूजाआजा गर्दै बालिकाहरूलाई भोजन गराएका हुन् । यसका साथै केहि नवरात्रका भक्तजनहरु आ आफ्नो घरमा पनि कुँवारी खुवाएका हुन् ।

यस अवसरमा बालिकाहरूलाई अक्षता, फुलमाला, प्रसादसहित दक्षिणा प्रदान गरिएको थियो । कन्या पूजनका क्रममा सहभागी भक्तजनहरूले देवी दुर्गासँग परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए ।

धार्मिक विश्वासअनुसार, महानवमीमा कन्या पूजन गरी भोजन गराउँदा वर्षभरि घर–परिवारमा शान्ति र समृद्धि कायम रहने जनविश्वास छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पोखरियाको बसन्तपुर विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजारको सहयोग परियोजना स्वीकृत

वीरगंज । पर्साको पोखरिया नगरपालिका–३, बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना...

‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी

काठमाडौँ । सरकारले विद्यालय शिक्षालाई व्यावहारिक र सीपमूलक बनाउने उद्देश्यले ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा आगामी शैक्षिकसत्रदेखि देशभर लागू गर्ने तयारी...

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौँ । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु...