Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुनर्मिलन: सासु–ससुराले लिन आए बुहारी र नातिनी

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित मानवसेवा आश्रममा आश्रय लिएकी एक महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान भावनात्मक पारिवारिक पुनर्मिलन भएको छ ।

असोज १४ गते बेलुकी ५:२३ बजे पेट दुखेपछि अस्पताल पुर्याइएकी करिब ३० वर्षीया पुनिता देवी रामले नारायणी अस्पतालमा स्वस्थ छोरीलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएको खबर विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, रेडियो तथा पत्रपत्रिकामा आएपछि महिलाको ससुरो सम्भु राम र सासु पाना देवी चमारले फेसबुकमार्फत जानकारी पाएर बुधबार बिहान ८ बजे बुहारी र नातिनी लिन अस्पताल पुगेका हुन् ।

उनीहरू पर्सागढी नगरपालिका–५, झिंग्नी निवासी हुन् । सासु–ससुराले दिएको जानकारी अनुसार, उनका श्रीमान् राम कारण राम भारतको पहाडी क्षेत्रमा ट्र्याक्टर चालकका रूपमा कार्यरत छन् भने पुनिता देवी मानसिक स्वास्थ्य समस्याका कारण घरबाट हराएकी थिइन् ।

बुहारी र नातिनीलाई घरमा ल्याउने क्रममा अस्पताल परिसरमै पारिवारिक पुनर्मिलन कार्यक्रम गरिएको थियो । उक्त अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, OCMC फोकल पर्सन हेमा थापा, समाजसेवी सन्तोष पटेल र पिन्टु रौनियारलगायत आश्रमका स्वयंसेवक र सुरक्षाकर्मीको उपस्थिति थियो ।

मानवसेवा आश्रमले समाचार सेयर गरेर सहयोग पुर्‍याउने सम्पूर्ण सञ्चारकर्मी र शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।

यसअघि, असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र सामाजिक अभियन्ता प्रकाश थारुले पेट ठूलो भएकी गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगंज शाखामा ल्याएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...