Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुनर्मिलन: सासु–ससुराले लिन आए बुहारी र नातिनी

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित मानवसेवा आश्रममा आश्रय लिएकी एक महिलाले मंगलबार नारायणी अस्पतालमा छोरी जन्माएपछि बुधबार बिहान भावनात्मक पारिवारिक पुनर्मिलन भएको छ ।

असोज १४ गते बेलुकी ५:२३ बजे पेट दुखेपछि अस्पताल पुर्याइएकी करिब ३० वर्षीया पुनिता देवी रामले नारायणी अस्पतालमा स्वस्थ छोरीलाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएको खबर विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, रेडियो तथा पत्रपत्रिकामा आएपछि महिलाको ससुरो सम्भु राम र सासु पाना देवी चमारले फेसबुकमार्फत जानकारी पाएर बुधबार बिहान ८ बजे बुहारी र नातिनी लिन अस्पताल पुगेका हुन् ।

उनीहरू पर्सागढी नगरपालिका–५, झिंग्नी निवासी हुन् । सासु–ससुराले दिएको जानकारी अनुसार, उनका श्रीमान् राम कारण राम भारतको पहाडी क्षेत्रमा ट्र्याक्टर चालकका रूपमा कार्यरत छन् भने पुनिता देवी मानसिक स्वास्थ्य समस्याका कारण घरबाट हराएकी थिइन् ।

बुहारी र नातिनीलाई घरमा ल्याउने क्रममा अस्पताल परिसरमै पारिवारिक पुनर्मिलन कार्यक्रम गरिएको थियो । उक्त अवसरमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष पिया सिंह, OCMC फोकल पर्सन हेमा थापा, समाजसेवी सन्तोष पटेल र पिन्टु रौनियारलगायत आश्रमका स्वयंसेवक र सुरक्षाकर्मीको उपस्थिति थियो ।

मानवसेवा आश्रमले समाचार सेयर गरेर सहयोग पुर्‍याउने सम्पूर्ण सञ्चारकर्मी र शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गरेको छ ।

यसअघि, असोज ११ गते शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेन्द्र गिरी र सामाजिक अभियन्ता प्रकाश थारुले पेट ठूलो भएकी गर्भवती महिलालाई मानवसेवा आश्रम वीरगंज शाखामा ल्याएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...