Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंज मेला घटना: मृतक युवकको पहिचान खुल्यो, १० जना पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज मेलामा मंगलबार राति भएको घटनामा मृत्यु भएका युवकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी स्थायी घर भई हाल वीरगंज महानगरपालिका–१० मा डेरामा बस्दै आएका करिब २२ वर्षीय शिवम साह कानु (गोल्डेन) रहेका छन्। मृतक कानु पेशाले ई–रिक्सा चालक थिए।

मंगलबार राति करिब १२ बजे माईस्थान–गीता मन्दिर जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबीच विवाद भई कुटाकुट भएको थियो। सो क्रममा कानुलाई बाँसले प्रहार गरिएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले घटनामा संलग्न व्यक्तिहरूको अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार, यो ‘ग्याङ फाइट’ नभई एक व्यक्तिलाई लक्षित गरेर गरिएको आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

“घटना नशा सुरुमा भएको देखिन्छ । घटनाको मुख्य आरोपित पत्ता लागिसकेको छ र उनीविरुद्ध आवश्यक प्रमाण पनि फेला परिसकेका छन्,” एसपी पाठकले बताए।

मृतक कानुको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...