Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सर्लाहीमा ‘महिनाको उत्कृष्ट प्रहरी’मा प्रहरी निरीक्षक बुढाथोकी घोषित

spot_img
spot_img

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०८२ साल भाद्र महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीलाई  घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत प्रहरी भदौ महिनाको उत्कृष्ट प्रहरी सम्म्मा बुढाथोकीलाई प्रदान गरिएको हो।

प्रहरी निरीक्षक बुढाथोकी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रशासन शाखाको शाखा प्रमुख तथा अपरेशन इञ्चार्जको जिम्मेवारीमा रहेर कार्यरत छन्। उनले Gen Z समुहद्वारा देशव्यापी रूपमा भएको प्रदर्शनमा सर्लाही जिल्लामा न्यूनतम बल प्रयोगको सिद्धान्त अवलम्बन गर्दै सरकारी, सार्वजनिक र निजी सम्पत्ति जोगाउन उल्लेखनीय योगदान पुर्‍याएका थिए।

त्यस्तै, भाद्र महिनामा परेका श्रीकृष्णाष्टमी, गणेश चतुर्थी, मोहम्मद–डे लगायतका चाडपर्वहरूमा प्रभावकारी रूपमा प्रहरी परिचालन गरी शान्तिपूर्ण वातावरण निर्माण गर्न, गुनासो तथा जनशक्ति व्यवस्थापन, फरार प्रतिवादी नियन्त्रण र विभागीय नीति निर्देशनलाई आत्मसात गरी इमान्दार, अनुशासित र लगनशील कार्यशैली प्रदर्शन गरेका कारण उनको योगदान उच्च मानेर सम्मान गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले प्रहरी निरीक्षक बुढाथोकीलाई बधाई दिँदै उनको योगदानले जिल्लाको शान्ति–सुरक्षा र प्रहरी संगठनको छवि उच्च बनाउन सहयोग पुगेको बताए।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...