Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा रातिको कर्फ्यू पनि हट्यो, दङ्गाग्रस्त क्षेत्रको निर्णय यथावत

spot_img
spot_img

वीरगंज । जेन–जी आन्दोलनका कारण वीरगंजमा लगाइएको कर्फ्यू बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ । वीरगंजमा प्रत्येक दिन राती ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि जारी कर्फ्यू आदेश हटाइएको हाे ।

पर्साका प्रमुख जिल्ला अधिकारी ताेय नारायण प्रसाद सुवेदीका अनुसार शान्ति–सुव्यवस्था कायम गर्न जारी गरिएको कर्फ्यू अब हटाइएको हो ।

तर जिल्ला सुरक्षा समितिको मिति २०८२ असोज २ गतेको निर्णयअनुसार वीरगंज महानगरपालिकाका केही क्षेत्रलाई भने स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(ख) बमोजिम दङ्गाग्रस्त क्षेत्रको रुपमा निरन्तरता दिइएको छ ।

वीरगंजकाे घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र, कारागार कार्यालय, पर्सा र सोको कम्पाउण्ड क्षेत्र भित्रका स्थानलाई अझै दङ्गाग्रस्त क्षेत्र कायम गरिएको गरिएकाे छ । जिल्ला प्रशासनले यस दङ्गाग्रस्त क्षेत्रसम्बन्धी आदेश अर्को आदेश नभएसम्म यथावत रहने जनाएको छ ।

भदाै २३ गते रातिदेखि स्थानिय प्रशासनद्वारा निरन्त जारी हुँदै आएकाे कर्फ्यू जिल्लाकाे शान्ति–सुव्यवस्था कायम भएपछि  बिहिबारदेखि मात्र पूर्ण रुपले हटेकाे हाे ।

जेनजि आन्दाेलनकाे क्रममा पर्साका पनि विभिन्न कार्यालय र नेताहरुकाे घरमा ताेडफाेड र आगजनी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...