Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वडाध्यक्ष कानुकाे व्यक्तिगत लगानीमा वीरगंज १० का वडा कार्यालय पुनः सञ्चालन

spot_img
spot_img

वीरगंज । जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गरी ध्वस्त पारेको वीरगंज महानगरपालिका–१० स्थित आदर्शनगर वडा कार्यालय पुनः सञ्चालनमा आएको छ । गत मंगलबारको घटनापछि सेवा ठप्प भएको वडा कार्यालय पुनः सञ्चालनमा ल्याइएको हो ।

वडाध्यक्ष सुशील साह कानु, कर्मचारी तथा स्थानीय युवाहरूको सक्रियतामा आइतबार र सोमबार व्यापक सरसफाइ तथा मर्मतको काम सम्पन्न भएपछि सेवा पुनः सुरु गरिएको हो ।

वडाध्यक्ष कानुले कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर, कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायतका सामग्री आफ्नै व्यक्तिगत खर्चमा उपलब्ध गराएका छन् । उनका अनुसार करिब १५ लाख रुपैयाँ बराबरको सामग्री प्रयोग गरेर सेवा सञ्चालन गरिएको हो ।

आगोले जलेर पूर्ण रूपमा ध्वस्त भएको दोस्रो तल्लाको कोठा प्रयोग गर्न असम्भव भएकाले वडा कार्यालय अस्थायी रूपमा भुइँतल्लाको बरन्डाबाट सञ्चालनमा ल्याइएको छ ।

तोडफोड र आगजनीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । कार्यालयका दुई कोठा र एक हल पूर्णरूपमा नष्ट भएका छन् । साथै कम्प्युटर, ल्यापटप, एसी, प्रिन्टर, टेबल, कुर्सी, सोफा, दराजलगायतका सम्पूर्ण फर्निचर जलेर खरानी भएका थिए ।

महानगरपालिकाले मंगलबार बसेको नगर परिषद् बैठकमा आवश्यक उपकरण र सामग्री केही दिनभित्र उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

वडाध्यक्ष कानुको निजी पहलले स्थानीय बासिन्दा हर्षित भएका छन् । सेवा ठप्प हुँदा समस्या भोगिरहेका वडाबासीले पुनः सहज रूपमा सेवा पाउन थालेको भन्दै राहत महसुस गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...