Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जानकी टोलाबाट ४० वर्षीया महिला उद्धार, मानवसेवा आश्रममा राखियाे

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ इनर्वा बोर्डर नजिकबाट अन्दाजी ४० वर्षीया एक महिलाको उद्धार गरिएको छ । मंगलबार साँझ ४ बजे मानवसेवा आश्रम वीरगंज शाखाले महिलालाई उद्धार गरी आश्रममा ल्याएको हो ।

महिला आफ्नो नाम–थर प्रष्ट बताउन नसक्ने अवस्थामा थिइन् । उद्धार कार्यमा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको पहल थियो भने मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता तथा आश्रमका अभिभावक प्रकाश थारु, शसस्त्र प्रहरी बलका डिएसपी विष्णु राज उप्रेती, वडाध्यक्ष नेपली प्रसाद कुशवाहा र स्वयंसेवकहरू विकास माली, सरोज बि.क. र दिपेन्द्र चौधरीको सक्रिय सहभागिता रहेको थियो ।

महिलालाई आश्रममा ल्याएपछि नुहाइ–धुहाई तथा सरसफाइ गरी डाक्टर भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण र औषधोपचारको व्यवस्था गरिएको मानवसेवा आश्रमका संस्थापक गुप्ताले जानकारी दिए ।

यसअघि आइतबार पनि वीरगंजकाे बसपार्कबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने बालिकालाई उद्धार गरीएकाे थियाे । वाेल्न नसक्ने ति महिलाई पनि मानवसेवा आश्रम वीरगंज शाखामा राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...