Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

जानकी टोलाबाट ४० वर्षीया महिला उद्धार, मानवसेवा आश्रममा राखियाे

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ इनर्वा बोर्डर नजिकबाट अन्दाजी ४० वर्षीया एक महिलाको उद्धार गरिएको छ । मंगलबार साँझ ४ बजे मानवसेवा आश्रम वीरगंज शाखाले महिलालाई उद्धार गरी आश्रममा ल्याएको हो ।

महिला आफ्नो नाम–थर प्रष्ट बताउन नसक्ने अवस्थामा थिइन् । उद्धार कार्यमा जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको पहल थियो भने मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता तथा आश्रमका अभिभावक प्रकाश थारु, शसस्त्र प्रहरी बलका डिएसपी विष्णु राज उप्रेती, वडाध्यक्ष नेपली प्रसाद कुशवाहा र स्वयंसेवकहरू विकास माली, सरोज बि.क. र दिपेन्द्र चौधरीको सक्रिय सहभागिता रहेको थियो ।

महिलालाई आश्रममा ल्याएपछि नुहाइ–धुहाई तथा सरसफाइ गरी डाक्टर भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण र औषधोपचारको व्यवस्था गरिएको मानवसेवा आश्रमका संस्थापक गुप्ताले जानकारी दिए ।

यसअघि आइतबार पनि वीरगंजकाे बसपार्कबाट अन्दाजी १५ वर्षीया बोल्न नसक्ने बालिकालाई उद्धार गरीएकाे थियाे । वाेल्न नसक्ने ति महिलाई पनि मानवसेवा आश्रम वीरगंज शाखामा राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...