Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

बालेनकाे हर्कलाई जवाफ: “तिमीले जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन”

spot_img
spot_img

वीरगंज । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फेसबुकमार्फत प्रेमपूर्ण तर स्पष्ट जवाफ दिएका छन्। मेयर साहले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।”

यसअघि हर्क साम्पाङले फेसबुकमा बालेनलाई लक्षित गर्दै “सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु” लगायतका अभिव्यक्ति दिएका थिए। त्यस्तै, हर्कले लेखेका थिए, “चान्चुने नठान! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गर। हारें भने तेरो घरमा १ वर्ष नोकर बस्छु, तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्। सक्छस्? मुला लुक्छस्? हूतिहारा…”

थुप्रै फेसबुक स्टाटसहरूमा हर्कले बालेनलाई लक्षित गरेपछि, बालेनले आज आफ्नै फेसबुक स्टाटसमार्फत जवाफ फर्काएका हुन्। उनका स्टाटसमा प्रेम र व्यंग्य दुवै मिसिएको देखिन्छ।

यो घटनाले सामाजिक सञ्जालमा चर्चा बढाएको छ र दुवै मेयरबीचको सम्बन्ध र राजनीतिक संवादको ध्यान तानेको छ। राजनीतिक क्षेत्रका विश्लेषकहरूले यसलाई आधुनिक डिजिटल युगमा नेताहरूबीचको संवादको अनौठो उदाहरणको रूपमा मूल्याङ्कन गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा...

कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच झडप, ५–६ जना घाइते

कलैया । बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् । कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच...