Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंजमा निषेधाज्ञा हट्यो, रात्रीकालीन कर्फ्यू कायम

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार वीरगंज महानगरपालिकाका केही क्षेत्रमा लागू गरिएको निषेधाज्ञा साेमबारदेखि हटाइएको छ । शान्ति सुरक्षा सुदृढ हुँदै गएको र नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय र चाडपर्व मनाउन सहज वातावरण बनाउने उद्देश्यले यो निर्णय गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीद्वारा जारी सूचनामा बिहान ५:०० बजेदेखि साँझ ९:०० बजेसम्म लागू भएको निषेधाज्ञा आजदेखि हटाइएको उल्लेख छ । तर, यसअघि तोकिएका क्षेत्रमा लागू गरिएको दङ्गाग्रस्त क्षेत्रको आदेश र रात्रीकालीन कर्फ्यू भने अर्को आदेश नभएसम्म निरन्तर रहने जनाइएको छ ।

सूचनामा भनिएको छ, “शान्ति सुरक्षाको अवस्था थप सुदृढ हुनासाथ आदेशलाई पुनर्विचार गरिनेछ ।”  जिल्ला सुरक्षा समितिको मिति २०८२।०५।२९ गतेको निर्णयानुसार वीरगंजकाे घण्टाघर चौकदेखि गण्डक चौकसम्मको राजमार्ग क्षेत्र र कारागार कार्यालय, पर्सा र सोको कम्पाउण्ड क्षेत्र भित्र दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ।

जिल्लास्थित सबै कार्यालयले आइतबारदेखि नै सेवा निरन्तर रूपमा उपलब्ध गराइरहेको र राष्ट्रिय परिचयपत्रका लागि २०८२ साल भाद्र २४ गते टोकन लिएका सेवाग्राहीहरूलाई पहिलो प्राथमिकतामा सेवा दिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले जनताको जीउधन र सार्वजनिक सम्पत्ति संरक्षणका लागि जारी गरिएका आदेशको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न सबैलाई हार्दिक अनुरोध गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...