Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

खनाल, घिसिङ र अर्यालले मन्त्रीको शपथ लिए, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

spot_img
spot_img

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्री नियुक्त गरेका छन् । सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिती थियो ।

पूर्वअर्थ सचिव खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । अधिवक्ता ओमप्रकाश अर्याललाई गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

शीतल निवासको खण्डहरअगाडि पाल टाँगेर शपथग्रहण कार्यक्रम गरिएको थियो । नयाँ मन्त्रीहरूमध्ये खनाल र घिसिङ विगतमा सुशासन र कार्यक्षमताका कारण चर्चित छन् भने अधिवक्ता अर्याल जेन–जी आन्दोलनका मागलाई कानुनी र राजनीतिक निष्कर्षमा पुर्‍याउने अभियन्ता हुन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेन–जी युवासँग निरन्तर परामर्श गर्दै अन्य मन्त्रीहरूको छनोट प्रक्रिया अगाडि बढाइरहेकी छिन् । जेन–जी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी थिइन् र प्रधानमन्त्री बनेको तेस्रो दिनमै उनले नयाँ मन्त्रीहरू छानेकी हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित महतो पक्राउ

सर्लाही । स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतबाट सर्लाहीको वयलबासतर्फ हुण्डी कारोबारको रकम लिएर...

कवाडी करकाे नाममा अवैध असुली गर्नेमाथि प्रहरीकाे एक्सन, थप एक जना पक्राउ

वीरगंज । कवाडी करको नाममा अवैध असुली गरेको आरोपमा पर्सा प्रहरीले थप एक जनालाई पक्राउ गरी मुद्दा चलाएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका–२२...

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...