Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

जगरनाथपुर ढाँटमा अवैध असुली अझै रोकिएन, विरोध गर्ने वृद्धमाथि कुटपिट

spot_img
spot_img

वीरगंज । जेन–जी आन्दोलनपछि पनि वीरगंज महानगरपालिका–२२ जगरनाथपुर चोकस्थित ढाँटकाे अवैध असुली रोकिने संकेत देखिएको छैन। अमित ठेक्का पट्टाका कर्मचारीद्वारा कर असुलीका नाममा हुँदै आएको अवैध असुलीकाे विरोध गर्ने क्रममा ढाँटका कर्मचारीले एक जेष्ठ नागरिकमाथि कुटपिट समेत गरेका छन्।

स्थानिय प्रत्यक्षदर्शीका अनुसार शनिबार साँझ ढाँटका कर्मचारीहरूले एक भारतीय मालवाहक गाडी रोकेर पैसा माग्दा सवारी चालकले नदिएपछि हातपात भएको थियो । सो घटनामा बीचबचाउ गर्न पुगेका ६० वर्षीय भागरथ प्रसाद यादवसमेत कुटपिटमा परी घाइते भएका छन् । यादवको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारपछि घर फर्कीएका छन् ।

महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु कर” उठाउने जिम्मा अमित ठेक्का पट्टालाई दिए पनि सम्झौताअनुसार उत्पादन संकलन तथा व्यवसायिक कारोबारमा मात्र कर लिन पाउने व्यवस्था छ । तर ठेकदार कम्पनीले नियम विपरीत भारतीय मालवाहक तथा नेपाली सवारीसाधन दुवैबाट प्रतिगाडी ४ सयदेखि ७ सय रुपैयाँसम्म असुली गर्दै आएको स्थानीयले बताएका छन्।

यसअघि पनि वीरगंजबाट नयाँ जस्ता खरिद गरी जगरनाथपुर अटोमार्फत लैजाने क्रममा ढाँटका कर्मचारीले नियम विपरीत ७६५ रुपैयाँ कर असुली गरी विवाद भएको थियो । यस्ता विवादहरु बारम्बार भइरहँदा पनि सम्बन्धित निकायकाे ध्यान पुग्न सकेकाे छैन् । अहिले विषम प्रस्थिति भन्दा पहिला पनि विभिन्न संचारमाध्यममा समाचार बारम्बार प्रकाशन हुँदा समेत सराेकारवालाकाे ध्यान पुग्न सकेकाे थिएन ।

स्थानीय अमरप्रसाद यादवले अवैध असुली रोक्न वीरगंज महानगरपालिकामा लिखित निवेदन दर्ता पनि गएका छन् भने जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सालाई माैखिक जानकारी समेत गराएका छन् । शनिबारकाे घटनापछि उनले आइतबार दाेषी उपर कारवाहीकाे माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत दर्ता गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...