Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा क्रमशः सामान्य स्थिति, सरकारी कार्यालय र विद्यालय पुनःसञ्चालन हुँदै

spot_img
spot_img

वीरगंज । जेनजी समूहको आन्दोलन र प्रदर्शनपछि अस्तव्यस्त बनेको पर्साका सरकारी कार्यालय र शैक्षिक संस्थाहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन् । गत भदौ २३ र २४ गतेका विषम परिस्थितिले यहाँको सेवाप्रवाह र विद्यालयको पठनपाठन ठप्प पारिसकेको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आइतबारदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित सेवा प्रवाह सुरु गरेको जानकारी दिए । उनले भने, “आन्दोलनका कारण प्रभावित भएका कार्यालयले सेवा पुनःसञ्चालनको योजना बनाई यथाशक्य छिटो सेवा प्रदान गर्नुपर्नेछ।”

त्यसैगरी, वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि विद्यालय खोलेर आवश्यक सरसफाइ र सुरक्षा उपाय अपनाउँदै पठनपाठन कार्य सुरु गर्न अनुरोध गरेको छ । महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयको खानेपानीमा अनिवार्य क्लोरिन राख्न र विद्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएको उल्लेख गरे ।

जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि निषेधाज्ञा राति मात्रै कायम राखेको छ भने बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल बढ्दै गएको छ । आन्दोलनका क्रममा आन्तरिक राजश्व कार्यालय, नेपाल टेलिकम, र वीरगंज महानगरपालिकाका कार्यालयमा भएकाे ताेडफाेड र आगजनीका कारण क्षतिग्रस्त भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...