Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

मेयर सिंहद्वारा जलेको वीरगंज महानगरपालिकाकाे अवलाेकन, सेवा छिट्टै सञ्चालनको तयारी

spot_img
spot_img

वीरगंज । जेनजी आन्दोलनपछि पहिलोपटक वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिका कार्यालयको स्थलगत अवलाेकन गर्नुभएको छ । आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले जलाएका कार्यालयका संरचना, गाडी र अन्य सामग्रीहरूको अवलाेकन गर्दै मेयर सिंहले तत्काल सेवा सञ्चालनका विषयमा छलफल गरेका हुन् ।

मेयर सिंहले महानगरको मुख्य प्रशासनिक भवनमा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठासहित क्षतिग्रस्त स्थानहरू अवलोकन गरे । उनले कर्मचारीहरूलाई अत्यावश्यक सेवाहरू छिट्टै सुचारु गर्न निर्देशन दिँदै भने, “प्रशासनिक भवन पूर्णरूपमा क्षति भएको हुँदा कार्यालय सञ्चालन चुनौतीपूर्ण छ।”

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको आगजनी र लुटपाटप्रति दुःख व्यक्त गर्दै मेयर सिंहले भने, “आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति जलाउने कार्य जेनजी पुस्ताले गरेको होइन, यसमा घुसपैठ भएको हुन सक्छ।”

महानगरवासीलाई अपिल गर्दै उनले भने, “यदि कसैसँग महानगरको सामान पुगेको छ भने फिर्ता गर्नुस्, वा त्यसको जानकारी सुरक्षाकर्मीलाई दिनुस्।”

मेयर सिंहले अत्यावश्यक सेवाहरू छिट्टै सञ्चालन गर्न महानगरको टिम सक्रिय रहेको जनाउँदै चाँडै सेवा सुचारु हुने विश्वास व्यक्त गरे । महानगरपालिकाले अझै क्षतिकाे विवरण संकलन भइरहेकाे जनाएकाे छ । जेनजि प्रदर्शनकाे नाममा भएकाे महानगरपालिकामा भएकाे आजगनीले मेयर, उप मेयर सहितका दुई दर्जन भन्दा बढी गाडी जलेर पूर्ण रुपले नष्ट भएकाे बुझिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...