Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

समयमै निर्वाचन सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्छु : प्रधानमन्त्री कार्की

spot_img
spot_img

काठमाडौँ । नियुक्त भएको तेस्रो दिन कार्यभार सम्हालेकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले देशवासीलाई सम्बोधन गर्दै जेन जी आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिबारे गम्भीर धारणा व्यक्त गरेकी छन् । उनले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिलाई शहीद घोषणा गर्दै प्रतिमृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरिन् ।

प्रधानमन्त्री कार्कीले सिंहदरबारदेखि सर्वोच्च अदालतसम्मका कागजपत्र र भवनहरू क्षतिग्रस्त हुनु ठूलो चुनौती भएको उल्लेख गरिन् । “भवनहरू फेरि बनाउन सकिन्छ तर नष्ट भएका कागजपत्र र प्रमाणहरू पुनःस्थापना गर्न गाह्रो हुन्छ,” उनले भनिन् ।

उनले आन्दोलनको क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूलाई लक्ष्यित गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही हुने चेतावनी दिइन् । आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको र १९१ जना घाइते भएको मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको तथ्यांक पनि उनले उद्धृत गरिन् ।

कार्कीले आन्दोलनमा क्षति व्यहोरेका उद्योगी व्यवसायीलाई पनि राज्यले बेवास्ता नगर्ने बताइन् । “हामी विचार गर्छौँ कि उनीहरूलाई कसरी उठाउने, कुन सहयोग गर्ने,” उनले भनिन् ।

पहिलो पटक महिला प्रधानन्यायाधीश बनेर इतिहास बनाएकी कार्कीले रहरले नभई परिस्थितिको कारण कार्यकारी भूमिकामा आएको बताइन् । आगामी फागुन २१ गते आमनिर्वाचन गराउने जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले छ महिनाभित्रै अन्तरिम सरकारको कार्यकाल सकिने स्पष्ट पारिन् ।

जेन जी पुस्ताले उठाएका मागहरू– भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक समानता– पूरा गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै कार्कीले “सबै निकायको साथ र सहयोग विना यो सम्भव छैन” भन्नेमा जोड दिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...