Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

‘नेताहरूको पूजा बन्द गर्नुहोस्’- सुमना श्रेष्ठको तीखो सन्देशसँगै पार्टी परित्याग

श्रेष्ठले कांग्रेस र एमालेलगायत पुराना पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत आत्ममन्थन गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्— “आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।”

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । उनले शुक्रबार आफ्नै सचिवालयमार्फत सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेकी हुन् ।

श्रेष्ठले लेखेकी छिन्— पार्टीभित्र गल्तीहरू स्वीकार नगर्ने, गल्तिमाथि गल्ती दोहोर्याइरहने र त्यसको बोझ कार्यकर्ताले बोक्नुपर्ने अवस्था सिर्जना भएको छ । उनले पार्टीभित्र आलोचना गर्नेहरूलाई मिडिया ट्रायलमार्फत आक्रमण गर्ने प्रवृत्तिको पनि तीव्र आलोचना गरेकी छिन् ।

उनले लेखेकी छिन्, “जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले फरक पार्दैन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।”

श्रेष्ठले कांग्रेस र एमालेलगायत पुराना पार्टीका तेस्रो पुस्ताका नेताहरूलाई समेत आत्ममन्थन गर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्— “आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...