Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

नेपालमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा

spot_img
spot_img

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुक्रबार राति पद तथा गोपनीयताको सपथ गराउनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थितिमा प्रधानमन्त्री कार्कीले सपथ लिनुभयो।

असामान्य राजनीतिक परिस्थितिमा, जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक दलहरूबीचको सहमति र परामर्शमा राष्ट्रपति पौडेलले संविधानको मर्मअनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार ६ महिनाभित्र स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्य राख्दै सानो मन्त्रिमण्डल गठनको तयारीमा छ। यसै क्रममा सुशासन, नयाँ पुस्ताको नेतृत्व, र सामाजिक सञ्जालको स्वतन्त्र संचालनजस्ता जेनजी आन्दोलनका प्रमुख मागहरूलाई सम्बोधन गर्ने गरी सरकार अघि बढ्नेछ।

नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशको रुपमा ख्याति कमाएकी कार्की अब कार्यपालिका नेतृत्व गर्ने पहिलो महिला प्रधानमन्त्री बन्नु भएको हो। उहाँको नेतृत्वमा सरकार संक्रमणकालीन अवस्थालाई स्थिर बनाएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्यमा केन्द्रित हुने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...