Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

जेन–जीको आन्दोलनलाई अनुहार परिवर्तनमा सीमित पार्ने सम्झौता अस्वीकार्य : प्रभु साह

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जेन–जी पुस्ताको नेतृत्वमा भएको जन आन्दोलनलाई केवल नेतृत्वको अनुहार परिवर्तनमा सीमित गरी अघि बढ्ने धोकापूर्ण सम्झौता आफूहरूलाई स्वीकार्य नभएको बताएका छन्।

आज जारी विज्ञप्तिमा उनले समस्या केवल व्यक्तिमा नभई गलत संरचना र भ्रष्ट प्रणालीमा रहेको भन्दै केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म राज्यका निकाय दूषित भएको टिप्पणी गरे। “मेसिन परिवर्तन नगरी केवल म्यानेजर वा कारिन्दा बदल्दा उत्पादन बदलिँदैन जस्तै व्यवस्था नबदलिकन अवस्था बदलिँदैन,” विज्ञप्तिमा उल्लेख छ।

साहले जेन–जीको विद्रोहले सरकार, संसद र संविधानलाई नै अस्वीकार गरिसकेको अवस्थामा पुरानै प्रणालीलाई स्वीकार गर्नु जनादेशको अपमान हुने बताए। उनले आन्दोलनलाई कलंकित हुन नदिन वर्तमान व्यवस्थाको खारेजीसहित नयाँ व्यवस्था निर्माणको दिशामा अघि बढ्न आग्रह गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...