काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा लोकतन्त्रको संरक्षण र शान्ति सुव्यवस्था कायम गर्न सबै पक्षसँग सहयोगको अपिल गरेका छन्।

राष्ट्रपतिले एक विज्ञप्ति जारी गर्दै मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भन्ने विषयमा आफू विचार–विमर्श र प्रयासरत रहेको जनाएका छन्। उनले आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको समाधान खोज्ने काम भइरहेको बताउँदै सबैलाई संयमित रहन आग्रह गरेका छन्।
राष्ट्रपतिले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग पुर्याउन राजनीतिक दल, नागरिक समाज, आन्दोलनकारी र सम्पूर्ण नागरिकमा अपिल गर्दै वर्तमान संकट समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।



