Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्याउनेलाई कानुनअनुसार कारबाही गरिने

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लामा पछिल्ला दिनमा भएको प्रदर्शन र आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणलाई संयमित हुन आग्रह गरेको छ।

जिल्ला सुरक्षा समितिको अनुरोधसहित जारी विज्ञप्तिमा नागरिकको जीउ–धन तथा सरकारी सम्पत्तिमा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित सबै सुरक्षा निकाय परिचालन गरिएको उल्लेख छ।

जिल्लामा शान्ति, अमन–चयन कायम गर्ने र अपराधजन्य घटना नियन्त्रण गर्ने कार्यमा सुरक्षा समिति कटिबद्ध रहेको उल्लेख गर्दै सबै नागरिकबाट साथ र सहयोगको अपेक्षा गरिएको छ।

प्रदर्शन र आन्दोलनको नाममा विभिन्न अराजक व्यक्ति र समूहहरूले सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, लुटपाट एवं व्यक्ति लक्षित हिंसक क्रियाकलाप नगर्न तथा नगराउन आग्रह गरिएको छ।

प्रचलित कानुन विपरीत अराजक, उच्छृङ्खल वा गैरकानूनी गतिविधि गर्ने, सरकारी वा निजी सम्पत्तिमा क्षति पुर्याउने, आगजनी वा हुलहुज्जत गर्ने व्यक्ति वा समूहलाई सुरक्षा निकायले तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा कानून पालना र शान्ति सुरक्षामा सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...