Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

युवाहरुलाई ललिपप दिएर झुक्याउने प्रयास अस्वीकार्य : प्रभु साह

spot_img
spot_img

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले जेन जी पुस्ताको अगुवाइमा भइरहेको जन आन्दोलनलाई नेतृत्वको “फेस चेन्ज” (सतही परिवर्तन) मा मात्र सीमित गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साहले आन्दोलनको मूल लक्ष्य समग्र व्यवस्थागत सुधार, लुट–भ्रष्टाचारको अन्त्य र अवस्थाको परिवर्तन भएको उल्लेख गरे।

साहका अनुसार देशको अहिलेको दुरावस्था केवल नेतृत्वकै कारण नभई गलत प्रणाली र संरचनाका कारण उत्पन्न भएको हो। उनले भ्रष्टाचार केन्द्र सरकार मात्रै नभई प्रदेश र स्थानीय तहमा समेत गहिरो रूपमा व्याप्त रहेको दाबी गर्दै युवाहरूलाई ललिपप दिएर झुक्याउने प्रयास अस्वीकार्य हुने चेतावनी दिए।

साहले जेन जी पुस्तालाई सतहमा रमाउने होइन, समस्याको गहिराइमा पुगेर समाधान खोज्न आग्रह गरे। उनका अनुसार नेतृत्वमा मात्र होइन, व्यवस्थामा समाधान खोज्नुपर्ने आवश्यकता छ, नत्र जनक्रान्तिको औचित्य पुष्टि गर्न गाह्रो हुनेछ।

साहले हालको संकटको एक मात्र सही निकास “लुटेरा भगौडाहरूको दलाल दलतन्त्रको अन्त्य, जनपक्षीय अन्तिरिम सरकार र जननिर्वाचित संस्थाको सर्वोच्चता सहितको नयाँ संविधान” रहेको उल्लेख गर्दै “नयाँ सरकार र नयाँ संविधान” को नारा दिन सबैलाई अपील गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...