Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

बालेनले शुशिला कार्कीलाई समर्थन जनाउदै धैर्यपूर्वक चुनावमा ध्यान दिन गरे आग्रह

spot_img
spot_img

काठमाडौं । काठमाडौंका मेयर बालेन साहले जेन–जी आन्दोलनमा संलग्न सबै युवाहरू र नेपाली नागरिकहरूलाई शान्ति र धैर्य अपनाउन अपिल गरेका छन्। मेयर साहले आफ्नो फेसबुक सन्देशमा लेखेका छन् कि देश हाल ऐतिहासिक परिस्थितिमा छ र युवाहरू सुनौलो भविष्यतर्फ अघि बढिरहेका छन्।

मेयर साहका अनुसार, अन्तरिम सरकारको मुख्य काम चुनाव गराउनु र देशलाई नयाँ जनादेश दिनु हो। उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा प्रस्तावित अन्तरिम सरकारप्रति पूर्ण समर्थन व्यक्त गर्दै, युवाहरूको सुझबुझ, विवेक र एकतालाई सम्मान गर्न चाहेको बताए ।

साथै, उनले हतारमा नेतृत्वमा आउन चाहनेहरूलाई सुझाव दिए कि अस्थायी रुपमा होइन, स्थायी विकासका लागि संयम आवश्यक छ। मेयर साहले राष्ट्रपति समक्ष पनि अनुरोध गरेका छन् कि Gen Z ले ल्याएको ऐतिहासिक क्रान्ति संरक्षण गर्न अन्तरिम सरकार गठन र संसदको विघटन अविलम्ब गरियोस्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बर्वा छठघाटमा डिजेको आतंक मच्चाउने पाँच जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाएको तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...