Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

शिवपुरीबाट केपी ओलीको सन्देश: “व्यवस्था जोगाऔं, षड्यन्त्रबाट सचेत रहौं”

spot_img
spot_img

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शिवपुरीबाट जारी गरेको विशेष सन्देशमार्फत Gen Z आन्दोलनमा संलग्न युवाहरूलाई संयमित रहन आग्रह गरेका छन्।

ओलीले नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर युवा पुस्तालाई सम्बोधन गर्दै आफू सदैव शान्तिको पक्षमा रहेको र व्यवस्था जोगाउन प्रतिबद्ध रहेको बताएका छन्। “म बच्चाहरूको वरिपरि रहँदा सधैं आनन्द महसुस गर्छु, तर हिंसाले जीवन गुमाएका युवाहरूको पीडा मेरो आफ्नै छोराछोरी गुमाएजस्तो लाग्छ,” ओलीले भनेका छन्।

उनले २०५१ सालमा गृह मन्त्रालयमा रहँदा राज्यबाट एउटा पनि गोली नचलाएको स्मरण गर्दै अहिले भइरहेको आगजनी, तोडफोड र कारागार तोड्ने जस्ता क्रियाकलापहरू युवाहरूको निर्दोष हातबाट नभएको दाबी गरे। “देशका महत्त्वपूर्ण कार्यालयहरूमा आगजनी र कैदीहरूलाई भागाउने काममा गहिरो षड्यन्त्र छ,” उनले भने।

ओलीले संविधान र लोकतान्त्रिक व्यवस्थाबाट प्राप्त अधिकार र स्वतन्त्रता जोगाउन सबै युवालाई सचेत हुन आग्रह गरे । “आज तपाईंहरूलाई आन्दोलन गर्न र आवाज उठाउन पाउने अधिकार यही व्यवस्थाको उपहार हो,” उनले उल्लेख गरे।

उनले सामाजिक सञ्जाल सूचीकरणदेखि लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने अडानसम्म आफ्नो “जिद्दीपन”कै कारण देशको स्वाधीनता र भूभाग जोगाएको दाबी गरे । “पद र प्रतिष्ठा मेरो लागि कहिल्यै महत्वपूर्ण थिएन, व्यवस्था जोगाउनु नै मेरो जीवनको मूल उद्देश्य हो,” ओलीको भनाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...