Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज बालसुधार गृहबाट फरार १४६ मध्ये ७८ पक्राउ, ६८ अझै फरार

spot_img
spot_img

वीरगंज । बालसुधार गृह वीरगंजबाट फरार भएका १४६ जना कैदीबन्दीमध्ये ७८ जनालाई पर्सा प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अहिले पनि ६८ जना फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार, जेन–जी आन्दोलनका कारण उत्पन्न अस्तव्यस्त परिस्थितिको फाइदा उठाउँदै बाल कैदीबन्दीहरू फरार भएका थिए।

यसैबीच, बुधबार बिहान वीरगंजको विर्तामा रहेको कारागारबाट पनि केही कैदीबन्दी भाग्ने प्रयास गरेका थिए । तर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरूलाई भाग्न असफल भएका थिए ।

प्रहरीले फरार रहेका बाँकी बालसुधार गृहका कैदीबन्दीहरूको खोजी भइरहेको र चाँडै नियन्त्रणमा लिइने विश्वास व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...