Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

वीरगंज महानगरपालिकामा तोडफोड र आगजनीपछि सेवाहरू ठप्प

spot_img
spot_img

वीरगंज । जेन जि आन्दोलनको क्रममा मंगलबार भएको तोडफोड र आगजनीपछि वीरगंज महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।

मंगलबार जेन जि प्रदर्शनकाे क्रममा महानगरपालिका कार्यालयमा ताेड तथा आगजनी भएकाे थियाे । प्रदर्शनकारीहरुले गरेकाे ताेडफाेड र आगजनीका कारण महानगरपालिकाकाे कार्यालय संचालन रहेकाे भवनकाे सम्पूर्ण कोठामा क्षति पुगेकाे छ । आगजनीबाट कार्यालयको भौतिक संरचना, कागजात र सवारीसाधनहरू जलेर नष्ट भएका छन्।

महानगरपालिकाले बुधबार एक सूचना जारि गर्दै वारुण यन्त्र, स्वास्थ्यकर्मी, नगर प्रहरी र सरसफाई कर्मचारी बाहेकका अन्य कर्मचारीलाई अर्को सूचना नआएसम्म घरमै सुरक्षित रहन आदेश दिइएको छ । महानगरपालिकाकाे अत्यावश्यक सेवा बाहेकका सबै सेवा हाल ठप्प गरिएको महानगरपालिकाकाे प्रशासन तथा व्यवस्थापन महाशाखाले जनाएकाे छ ।

महानगरपालिकाले कर्मचारीको ज्यानमाथि खतरा हुन सक्ने भन्दै कार्यालय उपस्थित नहुन पनि आग्रह गरेको छ । प्रदर्शनकारीहरुले गरेकाे आगजनीका कारण महानगरपालिकाकाे कार्यालयमा राखिएकाे गाडीहरुमा समेत पूर्ण रुपले जलेर नष्ट भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अठराहा सुगौली जलमग्न, पानी निकासको माग गर्दै आईसीपी गेटमा चक्काजाम

वीरगञ्ज । लगातारको वर्षाका कारण वीरगञ्ज महानगरपालिका–२६ स्थित अठराहा सुगौली क्षेत्र जलमग्न भएको छ। पानी निकासको उचित व्यवस्था नहुँदा बस्ती तथा सडकमा पानी जम्नुका...

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...