Date
शुक्र, साउन ८, २०८३
Fri, July 24, 2026

शुशीला कार्कीकाे नेतृत्वमा “नागरिक सरकार” बनाउने प्रस्ताव

spot_img
spot_img

काठमाडौं । राजधानीस्थित जंगीअड्डामा बुधबार जेनजि आन्दोलनका प्रतिनिधिहरू र नेपाली सेनाबीच भएको भेटवार्तामा शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव आएको छ। उक्त प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको उच्च सैनिक स्रोतले जनाएको छ।

एक उच्च सैनिक अधिकृतका अनुसार, जेनजि प्रतिनिधिहरूले कार्कीको नाम प्रस्ताव गरेसँगै अन्य सम्भावित नामबारे पनि छलफल चलिरहेको छ। सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ।

बुधबार दिनभर जेनजि युवाहरूले सामाजिक सञ्जाल डिस्कर्डमा नेतृत्वको विषयमा छलफल गरेका थिए। सो क्रममा कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको थियो भने काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि प्रस्तावमा आएको थियो। तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ। मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजिलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन भनेका थिए।

बुधबार बिहान जेनजि प्रतिनिधिहरू जंगीअड्डा पुगेपछि १५ जनाभन्दा बढीको समूहलाई सेनाप्रमुख सिग्देलले “पहिले आपसमा सहमति गरेर आउन” आग्रह गरेका थिए। त्यसपछि जंगीअड्डाकै एउटा कोठामा बैठक बसेको थियो।

बैठकमा केही व्यक्तिहरूले गणतान्त्रिक व्यवस्थाविरुद्ध समेत प्रस्ताव राखेका थिए। त्यही कारण “रक्षा बम” नामक समूह बैठकबाट बाहिरिएको बताइन्छ। यद्यपि अन्तिममा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउने प्रस्तावमा सहमति कायम भएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तीन महिनादेखि बन्द पर्सागढी–६ को वडा सेवा सञ्चालन गराउन आन्दोलनको तयारी

वीरगंज । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि बन्द भएपछि स्थानीयवासीले समस्या समाधानका लागि सक्रिय...

नेकपाको केन्द्रीय सदस्यमा पर्साका नेता साह, कुशवाहा र भट्टराई मनोनित

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा पर्साबाट थप तीन जना मनोनित भएका छन् । पार्टीले पर्साका बलिराम साह, रामदरश कुशवाहा र हिरा...

‘माई टिभी’ लाई प्रहरीको पत्रप्रति पत्रकार महासंघकाे आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

वीरगंज । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साले वीरगंजबाट प्रसारण हुने 'माई टिभी' लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको...