Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

राष्ट्रिय मानव अधिकार आयोगको अपिल : “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र”

spot_img
spot_img

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा जारी आन्दोलन र त्यसपछिको परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा जनजीवनलाई सामान्य बनाउँदै लैजान र देशलाई वर्तमान अन्योलताबाट चाँडो निकास दिन सबै पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्छ ।”

आयोगले हालको सङ्कटको घडीमा राज्यका सबै निकाय र आम नागरिकको सक्रिय सहयोग र संयम जरुरी रहेकोमा जोड दिएको छ । साथै विगत दुई दिनमा भएका हिंसात्मक गतिविधि, आगजनी र तोडफोडका घटनाले देशको ठूलो जनधन क्षति भएको भन्दै यस्ता गतिविधि नगर्न सबैमा आह्वान गरेको छ ।

आयोगले लोकतन्त्रको संरक्षण र मानव अधिकारको सुनिश्चितताका लागि सबै पक्षको जिम्मेवार र सकारात्मक भूमिकामार्फत् मात्र मुलुक स्थायित्व र शान्ति तर्फ अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...